विजयपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादवसहित ४ विरुद्ध भ्रष्टचार मुद्दा दायर


काठमाडौँ । रौतहटको विजयपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियारले यादव सहित तत्कालिन सह–लेखापाल नवीन कुमार यादव, पत्रकार ओमप्रकाश यादव, रामजी वाग्ले र पत्रकार रुपेन्द्र पटेल विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुले कुषकहरुलाई स्प्रे टंकी वितरणमा अनियमितता गरेको आयोगको आरोेप छ ।

आयोगले प्रशासकीय अधिकृत यादव, लेखापाल यादव र पत्रकार यादव विरुद्ध समान २ लाख १२ हजार २२५ रुपैयाँ बिगो र कैद सजाय मागदावी गरेको छ । त्यस्तै रामजी वाग्ले र पत्रकार पटेल विरुद्ध क्रमश १ लाख ७२ हजार ८२५ रुपैयाँ र ३९ हजार ४०० रुपैयाँ बिगो र सजाय माग दाबी गरेको छ ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।