काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा जेठ ७ गतेदेखि सीप मेला सञ्चालन गरेको छ । उक्त मेलामा १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित तालिममा हरेक दिन ३ सिफ्टमा प्रशिक्षण चलिरहेको छ ।
तालिम सञ्चालन विधि, प्रशिक्षणको पाठ्यक्रम, पाठ्य सामग्री र प्रयोगात्मक सिपका विषयमा तालिम संयोजक देवेन्द्र के. सी. ले जानकारी दिए ।
मेलाको अवलोकन गर्न आएका खोटाङ हलेसी तुवाचुङ् नगरपालिकाका प्रमुख बिमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले मेला एकीकृत भएको महसुस गरेका छन् ।
‘काठमाडौँले मेला आयोजना गरेर उदाहरण स्थापित गरेको छ । यसलाई संघ र प्रदेश सरकारले नीति योजना तथा कार्यक्रममा समावेश गरेर हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ । यसले युवाहरुले आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने सपना देख्छन् । मानव पुँजी पलायन हुनबाट रोक्न यो काम अहिले अति जरुरी छ ।’ उनीहरुले यसको विकास र विस्तारका लागि संघ र प्रदेश सरकारबाट अपेक्षा राखेका छन् ।
‘तालिम सकिए पनि कार्यक्रम नियमित हुनु मेलाको सबैभन्दा सवल पक्ष लाग्यो । अन द जब ट्रेनिङ्मा जानेका लागि न्युनतम पारिश्रमिक उपलब्ध गराउन चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर साझेदारीमा काम गर्नु अर्को सिकाइ योग्य अभ्यास लाग्यो ।’ उनीहरुले प्रतिक्रिया दिए ।
प्रतिक्रिया