काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले बैठक बहिष्कार गरेपछि कर्णाली प्रदेशको बजेट अनिश्चित बनेको छ । माओवादीले योजना बैंकमाथि असन्तुष्टि जनाउदै बैठकमा सहभागी हुन अस्वीकार गरेपछि प्रदेश सभा बैठक अनिश्चित बनेको हो ।
दिउँसो ३ बजेका लागि बोलाएको प्रदेश सभा बैठकमा प्रदेशका अर्थ तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष ८२÷८३को बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो । तर प्रमुख प्रतिपक्षी माओवादीको बहिष्कारले बजेट अनिश्चित भएको छ ।
माओवादी केन्द्रले एकलौटी तरिकाले आफुखुसी बजेट ल्याउन लागिएको भन्दै विरोध गरेको छ । सरकरले आयोजना बैंकको नाममा अपारदर्शी र एकलौटी काम गरेको माआवादीको आरोप छ ।
प्रतिक्रिया