चौथो जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला वैशाख १५ देखि भृकुटीमण्डपमा हुँदै

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाण्डौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरि वस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्म निर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि मेला हुने भएको हो ।…