तिनाउ विकाश बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जरमा जाने

राष्ट्र बैंकले ल्याएको पूँजी योजना अनुसार आफ्नो पुँजी बृद्धि गर्न तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिने भएका छन् । बुटवलमा मुख्य कार्यलय रहेको दुई बिकाश बैंकहरुले आइतबार मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्दै एक आपसमा गाभिने र प्रादेशिक स्तरको विकास बैंक बन्ने निर्णय गरेका हुन । प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय…