बजार खुल्ने बित्तिकै चार प्रतिशतले बढेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक

0
Shares

आइतबार जम्माजम्मी ९ मिनेट कारोबार भएर बन्द भएको शेयर बजारमा सोमबार खुल्ने बित्तिकै सर्किट ब्रेक लागेको छ।

बजार खुल्ने बित्तिकै नेप्से ४ प्रतिशत अर्थात ६०.३४ अंकले बढेर १ हजार ५३९.३७ अंकमा पुगेको छ । यससँगै कारोबार २० मिनेटको लागि स्थगित भएको छ।

यसअवधिमा एक लाख ३६ हजार कित्ता शेयर ६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । १०३ कम्पनीको शेयरमूल्य बढेको कम्पनीमा ३ कम्पनीको स्थिर रहेको छ ।

सोमबार बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको हो।