एकैदिन १३ हजारले बढ्यो सुनको भाउ


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १४१.९९ अमेरिकी डलर र चाँदी ५३.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।