देव:लाई प्राप्ति गरेपछि कुमारी बैंकको निक्षेप- कर्जा खर्ब माथि, जगेडा पनि मजबुत

0
Shares

देव विकास बैंकलाई प्राप्तिपछि कुमारी बैंक (KBL) को निक्षेप संकलन र कर्जा लगानी अघिल्लो आवको तुलनामा ५० प्रतिशत धेरैले वृद्धि हुँदा दुबै १ खर्ब माथि पु्गेको छ। यस्तै बैंकको जगेडा कोषको आकार पनि ८२ प्रतिशतले वृद्धि भई ३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ।

बैंकले गत आर्थिक वर्षमा १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब ९ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। मर्जरले अघिल्लो आवको तुलनामा बैंकको निक्षेप ५९ र कर्जा लगानी ५२ प्रतिशतले वृद्धि भएको हो।

अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा सामान्य घटेको छ। यस अवधिमा बैंकले एक अर्ब २२ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकले १ अर्ब २३ करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कोभिड असरपछि ब्याज संकलन हुन नसक्दा बैंकको नाफामा संकुचन भएको हो।

गत आर्थिक वर्षमा बैंकको मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा ९६ करोड ७० लाख ९७ हजार रहेकोमा २५ करोड ४२ लाख रुपैयाँले वितरणयोग्य नाफामा गिरावट आएको हो।

Particulars Kumari Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference 
Paid Up Capital 12,520,049 8,685,573 44.15%
Reserves 3,822,765 2,095,011 82.47%
Retained Earnings 742,997 883,699 -15.92%
Profit/(Loss) for the Year 1,226,559 1,230,378 -0.31%
EPS (In Rs.) 12.77 14.17 -9.88%
Net Worth per Share (In Rs.) 136.47 137 -0.39%
Deposits from Customers 116,547,033 73,201,144 59.21%
Loans & Advances to Customers 111,092,706 73,017,913 52.14%
Net Interest Income 3,630,149 2,869,954 26.49%
Impairment Charge/(Reversal) 422,252 229,031 84.36%
Operating Profit 1,752,664 1,765,225 -0.71%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 712,883 967,097 -26.29%
Capital Adequacy Ratio (CAR) 14.42 12.07 19.47%
NPL 1.41 0.97 45.36%
CCD (as per NRB Directives) 75.85 76.32 -0.62%
Cost of Fund (%) 6.77 8.36 -19.02%
Base Rate (%) 10.08 10.82 -6.84%
Qtr End PE Ratio (times) 14.56 14.32 1.68%

 

चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँमा सीमित बनेको छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १३६.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.५६ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर १.४१ प्रतिशत पुग्दा कर्जा नोक्सानी व्यवस्था रकम पनि २२ करोड ९० लाखबाट ४२ करोड २२ लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७६ करोड १ लाख रुपैयाँ बढेर ३ अर्ब ६३ करोड १ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको सञ्चालन नाफा १ करोड २५ लाख रुपैयाँ घटेर १ अर्ब ७५ करोड २६ लाख कायम भएको छ।

यस अवधिमा बैंकको आधार दर १०.०८ प्रतिशत, स्प्रेड दर ४.०७ प्रतिशत र कोषको लागत ६.७७ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।