विद्युत् प्राधिकरण प्रकरण : कुलमान र शाक्यको कानुनी लडाइँ चुलिंदै


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी कानुनी लडाइँ चर्किएको छ ।

सर्वोच्च अदालतमा दायर गरिएका दुवै रिट निवेदनको टुंगो लाग्न नसक्दा यो मुद्दा थप पेचिलो बनेको हो ।

बिहीबारका लागि सुनुवाइ तोकिएका यी रिटमध्ये एकतर्फ कुलमान घिसिङले आफूलाई पदबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन् भने अर्कातर्फ नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई हटाएर गरिएको घिसिङको नियुक्ति अवैधानिक रहेको दाबी गरेका छन् ।

न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सुनुवाइ थाले पनि समय अभावका कारण बिहीबारका लागि ‘हेर्दाहेर्दै’ मा राखेको छ ।

प्रकाशित मिति: २० चैत २०८१, बुधबार  १९ : ०७ बजे