नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ९१५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो संख्यामा सक्रिय संक्रमित पुगेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजा ३५८ पुगेका छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उपत्यकामा २ हजार १२९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाण्डौंमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ६६३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना कोरोना संक्रमणमुक्त भई डिम्चार्ज भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० जना पुगेको छ ।
उनका अनुसार हाल संस्थागत आइसोलेसनमा १५ हजार ४८ र होम हाइसोलेसनमा २० हजार ८६७ जना रहेको गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म देशभरमा कुल १२ लाख सात हजार ९१ पीसीआर परीक्षण सम्पन्न भइसकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया