काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९०० रूपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
यता, सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ८०५ रूपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रूपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३५४.०९ अमेरिकी डलर र चाँदी ६६.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







