सांग्रिलाको क्यूआर कोड स्क्यान मार्फत देशभरका शाखाबाट नगद झिक्न सकिने

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ ।

बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड (QR Code) देशभरका शाखा मार्फत उपलब्ध गराएको हो ।

चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफ्नो आवश्यकता अनुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् ।

यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।