बैतडीमा भूकम्प


बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति: ८ कार्तिक २०८३, आइतबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।