बेष्ट फाईनान्स कम्पनी र एससिटि नेटर्वक कम्पनीबीच चिप बेस एटिएम कार्ड सेवा सम्झौता

0
Shares

बेष्ट फाईनान्स कम्पनी र एससिटि नेटर्वक कम्पनीबीच चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

यस सम्बन्धी सम्झौंतामा बेष्ट फाईनान्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी र एससिटी नेटर्वक कम्पनीको तर्फबाट कामू प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौंतापछि अब एससिटी नेटर्वकसंगको सहकार्यमा सबै प्राबिधिक तयारी पूरा भएपछि बेष्ट फाईनान्सले छिट्टै आफ्ना ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने फाईनान्सका प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए ।

एससिटी नेटर्वकका कामु प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले बेष्ट फाईनान्ससंगको यो सहकार्यले कम्पनी उत्साही भएको बताउदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परकताका साथ लाग्ने बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।