लघुवित्त क्षेत्रमा देखिएका विकृितहरु रोक्न र ग्राहकहरुलाई समस्यामा केन्द्रीत हुन गभर्नरको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल लघुवित्त बैंकर्स संघलाई लघुवित्त संस्थाहरुलाई आफ्नो उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्नेतर्फ पनि सोच्नुपर्ने बताएका छन् ।

नेपाल लघुवित्त बैंकर्स संघको मंगलबार सम्पन्न चौधौं साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अधिकारीले संघले लघुवित्त क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै नीतिगत वकालत, क्षमता अभिवृद्धि, अनुसन्धान तथा ज्ञान व्यवस्थापनको क्षेत्रमा गरेका कार्यहरुको प्रशंसा गरे ।

संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा अनलाइन (जुम प्लाटफर्म) मार्फत मंगलबार सम्पन्न भएको सभाले संघको कार्य समितिमा रिक्त रहन गएका पदहरु पूर्ति गर्न कार्यसमितिमा हेरफेर गरी उपाध्यक्षमा रामहरी दाहाल (मेरो माईक्रोफाइनान्स लघुवित्त), कोषाध्यक्षमा भोजराज बस्याल (स्वाबलम्बन लघुवित्त) तथा नयाँ सदस्यहरुमा प्रेम बहादरु पाठक (उन्नति सहकार्य लघुवित्त), डा. मदन घिमिरे (समता लघुवित्त) र अच्युत सापकोटा (गणपति लघुवित्त) लाई नियुक्त गरेको छ ।

संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा संचालन भएको सभाको वन्द सत्रले आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७/७८ कोवार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेको छ ।

नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ र ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य छन् ।

सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय देव कुमार ढकाल तथा डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त बैंकर्स संघका पूव–अध्यक्ष रामचन्द्र जोशीबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।