सुनचाँदी दुबैको भाउमा गिरावट


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३९.८८ अमेरिकी डलर र चाँदी ३३.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।