कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द रहेपनि डिजिटल सेवा सुचारु हुने

0
Shares

नेपाल बैंकर्स संघले तिहारको अवसरमा यहि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द भएपनि डिजिटल सेवा सुचारु हुने जानकारी गराएको छ ।

बैंकर्स संघले मंगलबार विज्ञप्ति जारी गर्दै तिहारको विदामा कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द हुने जनाएको छ । बैंकका शाखा बन्द भएता पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने जनाएको छ ।

साथै, एटिएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिने संघले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न समेत संघले आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको उल्लेख गर्दे हालसम्म ६००० भन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।