बैदेशिक सहायता प्रतिबद्धता साढे ४ सय प्रतिशतले वढ्यो, अनुदानमा उच्च गिरावट


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाइ बैदेशिक सहायता प्रतिबद्धतामा उच्च सुधार आएको छ । तर, सरकारलाई सरकारलाई बैदेशिक सहायता प्रतिबद्धता ९० प्रतिशत भन्दा धेरै ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को असोज महिनासम्म बैदेशिक सहायता प्रतिवद्धता ८५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो सहायता गत आवको सोही अवधिको तुलनामा ४४४.८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा सरकारले १५ अर्बको ६७ करोड रुपैयाँ बरावरको बैदेशिक सहायता प्रतिद्धता पाएको थियो ।

सरकारले चालु आर्थिक वर्षको असोजसम्ममा पाएको बैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड र ऋण सहायता ७७ अर्ब ७२ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

कुल बैदेशिक सहायता प्रतिवद्धता मध्ये सडक तथा सुशासन क्षेत्रमा ६३, उर्जामा ३३, शिक्षा क्षेत्रमा २ र पुनर्निमाण र कोभिड १९ नियन्त्रण र रोकथाम क्षेत्रमा एक एक प्रतिशत हिस्सा रहेको छ ।

चालु आवमा बैेदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश ९.० र ९१.० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको बैेदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमस ७८.८ र २१.१ प्रतिशत रहेको थियो ।