काठमाडौँ । मेरो माइक्रोफाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयर धनीहरुको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने शेयरधनीले ३५ दिनभित्र सम्पूर्ण विवरण खुलाई, आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको सम्पर्क कार्यालय सितापाइला, काठमाडौँमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।










प्रतिक्रिया