युनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

यसअघि कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि कार्तिक २४ गतेबाट समाप्त भएको थियो । कामु प्रमुख कार्यकारी अधिकृत भट्टराई कम्पनीबाट विदा भैसकेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।