रिडी हाइड्रोपावरको साधारण सभा आह्वान

0
Shares

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) ले मंसिर २६ गते १९ औँ बार्षिक साधारण सभा आह्वान गरेको छ । कपोर्रेट कार्यालयमा बिहान ११ बजे बोलाइएको साधारण सभा कोरोना संक्रमणका कारण जुमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।

उक्त साधारण सभाले सञ्चालक समितिको मंसिर ४ गते सम्पन्न बैठकले शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर तथा ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश अनुमोदन गर्नेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी १ अर्ब १५ करोड पुरयाउने तथा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन, आव २०७४।७५ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने एजेण्डा साधारण सभामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।