सुदूरपश्चिममा भारी बर्षा ; उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको निर्देशन


कैलाली । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकन छन् ।

लगातारको भारी बर्षाको कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू डुबानका साथै जलमग्न भएका छन् । मुख्यमन्त्री शाहले बाढीबाट डुबान हुनसक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भइ बस्न सर्वसाधारण सबैमा अनुरोध गरेकाछन् ।

जिल्लाको मोहना नदीमा बाढी बढ्दो क्रममा छ । उक्त नदी किनार क्षेत्रका बासिन्दालाई सोमबार बेलुकासम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले समेत अनुरोध गरेको छ । अहिले मोहना नदीमा पानीले बाढीको सतह सतर्कता तह नाघेको छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।