शेयर बजारमा मंसिर ७ गते आइतबार नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको छ । कारोबार रकममा मात्र होइन कारोबार कित्ता र बजार पूँजीकरणमा पनि आज नयाँ रेकर्ड कायम भएको छ ।
आज आइतबार २०१ वटा कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँमा खरीद बिक्री भएको छ । गत बिहीबार ६ अर्ब ११ करोडको कारोबार भई रेकर्ड कायम भएकोमा सो रेकर्ड समेत तोडिएको हो ।
यस्तै शेयर बजार पूँजीकरण समेत गत बिहीबारभन्दा ६ अर्बले बढेर २३ खर्ब ८८ अर्ब पुगेको छ । आइतबार कायम भएको बजार पूँजीकरण पनि हालसम्मकै उच्च हो ।
यस्तै आज कारोबार कित्तामा पनि नयाँ रेकर्ड कायम भएको छ । नेप्सेका अनुसार आइतबार १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको हो । बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएकोमा सो रेकर्डलाई समेत आइतबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको हो ।

मह्यान्न मह्यान्न १२ः१३ बजे नेप्से ३३.३६ अंकले बढेर १८११.४८ सम्म पुगेकोमा १६.३७ अंकसम्म ऋणात्मक भएर १७६१.७५ सम्म झरेकोमा सूचक ४.६९ अंकले बढेर १ हजार ७८२ दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो । सेन्सेटिभ सूचक पनि २ अंकले बढेर ३४५।०७ बिन्दुमा पुगेको छ।
ब्यापार, उत्पादनमुलक, बीमा र अन्य उपसमूहको उपसूचक उच्च रुपले बढ्दै आएकोमा लामो समयपछि आइतबार बैंकिङ्ग समुहले लिड गरेको छ । कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ३ वटा बढेका छन् ९ वटाको सूचक ऋणात्मक भएको छ । बैंकिङ्ग उपसमूहको सूचक २.२३ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य पनि सामान्य अंकले सकारात्मक बनेको छ ।
बैंकिङ समूहमा उछाल आएर शेयर कारोबार रकम, संख्या (कित्ता) र बजार पूँजीकरणका सबैमा दिनप्रतिदिन नयाँ रेकर्ड कायम हुँदा जाँदा लगानीकर्ता मनोबल उच्च भएको छ । सोही कारण शेयर बजारमा नयाँ कीर्तिमानहरु बनेका छन् ।
बैंकमा बचतको ब्याजदर २ प्रतिशतमा झर्दा कोरोना संक्रमणका कारण लगानीकका अन्य क्षेत्रमा आएको संकुचले पनि शेयर बजारमा मनि पार्किङ्ग गर्ने प्रवृत्ति बढेको छ । अन्य क्षेत्रमा आएको पैसाका कारण तथा लगानीकर्तामा खरिदबिक्रीमा देखिएको अत्याधिक उत्साहले यसअघिको उच्चतम बिन्दु १८८१ तोड्ने आंकलन गरिँदैछ । उच्च बिन्दुमा समेत लगानीकर्ताहरुले खरीद चाप बढाइरहेका छन् ।
बैंकिङ प्रणालीमा लगानीयोग्य प्रयाप्त तरलता रकम रहेकाले अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गरेर ९ उपसमूहका सूचक घट्दा पनि शेयर बजारका सूचकले भने टेवा पाइरहेको छ । बढ्दो बजारमा एउटा समूहबाट नाफा बुक गरी अर्को समूहतिर सर्ने प्रवृत्ति पनि बजारमा देखिएको छ । सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताहरुको आकर्षण बढ्दा कारोबार पनि बढ्न थालेको हो।
यद्यपी मनि पार्किङ्ग गर्न शेयर बजार भित्रिएका लगानीकर्ताले शेयर बजारबाट बाहिरिएको खण्डमा भने सूचक बढेसँगै शेयर बजारमा जोखिम पनि बढेको छ । त्यसैले बजारको वृद्धिसँगै लगानीकर्ताले आफ्नो लगानी रहेको र नाफा आएको स्क्रिप्टहरुबाट नाफा सुरक्षित गर्नतर्फ पनि चुक्नुहुँदैन ।
- पुनर्बीमा कम्पनीको उच्च कारोबार
कारोबार रकमका आधारमा रेकर्ड कायम भएको दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ७३ लाख, नेपाल दुरसञ्चार कम्पनीको २७ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको २६ करोड ५५ लाख र नेपाल बैंकको २३ करोड १७ लाख रुपैयाँ बढीको शेयर खरीद बिक्री भएको छ ।
| Symbol | Turnover | Closing Price | |
|---|---|---|---|
| As of 2020-11-22 15:00:00 | |||
| NRIC | 580,058,318.00 | 1,138.00 | |
| NLIC | 297,333,398.00 | 1,635.00 | |
| NTC | 275,541,678.00 | 962.00 | |
| HDL | 265,599,487.00 | 2,846.00 | |
| NBL | 231,798,191.00 | 355.00 | |
| PRVU | 226,584,042.00 | 318.00 | |
| NABIL | 221,824,547.00 | 965.00 | |
| NIL | 214,258,152.00 | 1,016.00 | |
| SHIVM | 207,377,645.00 | 900.00 | |
| NICA | 178,025,620.00 | 691.00 | |
- सिटिजन म्युचुअल फण्डको इकाईमूल्यमा सकारात्मक सर्किट
आजको बजारमा सिटिजन म्युचुअल फण्डको इकाईमूल्यमा सकारात्मक सर्किट लागेर ९.९० रुपैयाँ पुगेको छ ।
यस्तै जानकी फाइनान्सको शेयरमूल्य ९.२१, प्रभु बैंकको ६.७१, नबिल बैंकको ६.६३ प्रतिशतले बढेको छ । अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, एचआईडिसिएल, मिथिला लघुवित्त, सिटिजन्स बैंक, र एनसीसी बैंकको शेयरमूल्य बढेको छ ।
| Symbol | LTP | Point Change | % Change |
|
CMF2 9.90 0.90 10.00 |
|||
| JFL | 249.00 | 21.00 | 9.21 |
| PRVU | 318.00 | 20.00 | 6.71 |
| NABIL | 965.00 | 60.00 | 6.63 |
| AIL | 590.00 | 27.00 | 4.80 |
| NIL | 1,016.00 | 43.00 | 4.42 |
| PCBL | 364.00 | 15.00 | 4.30 |
| HIDCL | 252.00 | 10.00 | 4.13 |
| MLBBL | 980.00 | 36.00 | 3.81 |
| CZBIL | 247.00 | 9.00 | 3.78 |
| NCCB | 239.00 | 8.00 | 3.46 |
- माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै घट्यो
आज माउन्टेन हाइड्रोको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ८.९३ प्रतिशतले घटेर २०४ रुपैयाँमा झरेको छ ।
यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक ७.१५, साल्ट ट्रेडिङ कर्पोरेशनको ६.०९, पोखरा फाइनान्सको ६.०७, राष्ट्रिय बीमा कम्पनीको ५.५२, ग्लोबल आईएमई समुन्नत योजना १ को इकाइमूल्य ५.४५, सोल्टी होटल ५.४१, र सानिमा इक्वीटी फण्डकाृ इकाइमूल्य ५.३३ प्रतिशतले घटेको छ । गुडविल फाइनान्स र युनाइटेड इन्सयोरेन्स पनि शीर्ष शेयरमूल्य घट्ने दश कम्पनीमा समेटिएका छन् ।
| Symbol | LTP | Point Change | % Change |
|---|---|---|---|
| As of 2020-11-22 15:00:00 | |||
| MHNL | 204.00 | -20.00 | -8.93 |
| RBCLPO | 14,851.00 | -1,143.00 | -7.15 |
| STC | 6,801.00 | -441.00 | -6.09 |
| PFL | 201.00 | -13.00 | -6.07 |
| RBCL | 15,778.00 | -922.00 | -5.52 |
| GIMES1 | 10.94 | -0.63 | -5.45 |
| SHL | 210.00 | -12.00 | -5.41 |
| SAEF | 11.01 | -0.62 | -5.33 |
| GFCL | 221.00 | -11.00 | -4.74 |
| UIC | 469.00 | -21.00 | -4.29 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया