शेयर बजारमा आइतबार कारोबार रकमका आधारमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।
बिहीबर ६ अर्ब ११ करोडको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएकोमा आइतबार सो रेकर्ड तोड्दै करिब ७ अर्बको शेयर किनबेच भएको हो । आइतबार शेयर बजारमा एकैदिन कारोबार भएको रकम हालसम्मकै उच्च हो ।
आज २०१ कम्पनीका १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँको शेयर बिनबेच भएको हो । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहका सूचकहरुमध्ये आइतबार ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ ।
मंसिर ४ गते बिहीबार ६ अर्ब ११ करोडको शेयर कारोबार भएकोमा सोभन्दा यसअघि २०७६ फागुन १८ गते एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
आइतबार शेयर संख्याका आधारमा पनि रेकर्ड कायम भएको छ । नेप्सेका अनुसार आज १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर कारोबार भएको हो । यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएका थियो ।
यसअघि २०७७ असोज १ गते शेयर बजारमा एकैदिन १ करोड ३२ लाख १६ हजार २३४ कित्ता शेयर खरीद बिक्री भएको थियो । सो दुबै रेकर्डलाई समेत आइतबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया