बजेट घाटा नहेरी खर्च बढाउन ध्यान दिनुपर्छ : अर्थमन्त्री सीतारमण

0
Shares

भारत सरकारले राज्य कोषको घाटा बढ्दो रुपमा भएपनि खर्चलाई जारी राख्ने भएको छ । भारत सरकारकी केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि सरकारी खर्च अझै बढाउने संकेत गरेकी हुन ।

बजेट घाटा बढ्न गएपछि खर्च नघटाउने उनले बताईन । त्यसका साथै उनले कोरोना भाइरसका कारण प्रभावितका लागि ल्याएको राहत प्याकेजमा समेत कुनै कमी नगर्ने बताएकी छन । त्यससंगै सबै सरकारी कम्पनीहरुको पूँजीगत खर्च जारी राख्न समेत उनले निर्देशन दिएकी छन । अहिलेको अवस्थामा सक्दो धेरै खर्च गर्नु पर्ने समयमा भएकाले बजेट घाटाको विषयमा चिन्ता लिन आवश्यक नभएको उनको भनाई छ ।

गत महिनामा भारत सरकारले कोरोना महामारीबाट प्रभावित कम्पनीहरुलाई सहयोग गर्ने उद्देश्यले कुल ग्राहस्र्थ उत्पादनको १५ प्रतिशत बराबरको राहत प्याकेज ल्याएको थियो । यो निर्णयले चालु आर्थिक वर्षको अन्तिमसम्ममा बजेट घाटा बढेर ८ प्रतिशत हुन सक्ने देखिन्छ । यो अंक लक्ष्य भन्दा दुई गुणाले धेरै हो।

सरकारले चालु आर्थिक वर्षमा ३.५६ प्रतिशतसम्मको बजेट घाटा हुनसक्ने अनुमान गरेको थियो । अहिलेको अवस्थामा खर्च कटौती गर्ने विषयमा सोच्न पनि नहुने उनको भनाई छ । खर्च बढाइराखेको खण्डमा अर्थतन्त्रमा सुधार जारी रहने भएकाले पनि कटौती गर्ने तर्फ लाग्न नहुने उनको भनाई छ ।

भारत सरकारले खर्च बढाउने तथा राहत प्याकेज ल्याएपछि अर्थ व्यवस्थामा सुधार संकेतहरु देखिन थालेका छन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ प्रतिशतसम्मले घट्ने अनुमा गरिएको भारतीय अर्थतन्त्रमा दोस्रो त्रैमाससम्म आइपुग्दा ७.५ प्रतिशतको मात्र गिरावट देखिएको छ । यो अवधिमा केही क्षेत्रमा आर्थिक अवस्था सुधारिदै पनि गएको देखिन्छ ।

रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले पनि चालु आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७.५ प्रतिशतले खुम्चिन सक्ने जनाएको छ । आगामी आर्थिक वर्षमा अर्थतन्त्रमा उल्लेख्य सुधार आउने अन्तरष्ट्रिय संस्थाहरुले पनि जनाएका छन । सितारमणले पनि आगामी आर्थिक वर्षमा भारतीय अर्थतन्त्र पूर्ववत रुपमा फर्कने बताइन ।

(फाइनान्सियल एक्सप्रेसवाट अनुवादीत)

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलबार  १८ : ०० बजे