नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये एघार बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न बाँकी छ ।
हालसम्म १५ बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), लक्ष्मी बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक रहेका छन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एशिया र हिमालयन बैंकले २० प्रतिशत लाभांश वितरण गरेका छन् भने हालसम्म सनराइज बैंकले सबैभन्दा कम ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया