गलेश्वर । बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्। बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक १२ हजार रुपैयाँ आर्जन गर्दै आएका छन् । आफ्नो ५ सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ ।
उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन् । डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।
विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउँछन्। “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिदिए।
परियारले दैनिक ५ वटासम्म डोका बुन्ने गरेका छन् । एउटा डोको २५० देखि ३५० रुपैयाा सम्ममा बिक्री हुने गरेको छ ।










प्रतिक्रिया