काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिना साउनमा रोजगारीको खोजीमा ६८ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकमा एक महिनामा ६८ हजार ११० जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएका हुन् ।
रोजगारीको खोजीमा विदेशीनेमा ५८ हजार ९४८ जना पुरष र महिला ९ हजार १६२ जना रहेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ हजार ५३५ जनाले बढी हो ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही समयमा ५९ हजार ५७५ जना नेपाली रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका थिए ।
पछिल्लो समय रोजगारी खोज्दै नेपाली युवा विदेशिने क्रम अत्यधिक बढेको छ । राजनीतिक अस्थिरताका कारण देशभित्र रोजगारी सिर्जना हुन नसक्दा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएका छन् ।
श्रम स्वीकृती लिनेमा दक्षजनशक्ति बढी
साउन महिनामा सबैभन्दा बढी दक्ष जनशक्ति रोजगारीको खाजीमा विदेशीएका हनु । साउनमा मात्र ३७ हजार ७१३ जना दक्ष जनशक्ति रोजगारीका लागी विदेश गएका हुन् ।
विभागको तथ्याक अनुसार उच्च दक्ष श्रमिक ९३ जना, व्यवसायीक ३४० जना, अर्धदक्ष १० हजार ७१८ जना र अदक्ष १९ हजार २४६ जना बिदेसिएका छन् ।
कुल संख्याको करिब ४० प्रतिशतको रोजाई यूएई
यस वर्षको साउन महिनामा कुल संख्याको करिब ४० प्रतिशतको रोजाई यूएई बनेको छ । साउन महिनामा यूएईका लागि १७ हजार ७७९ जनाले श्रमस्वीकृत लिएका छन् ।
हाल साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, जापान, क्रोशिया, रोमनिया, साइपर्स, माल्दिभ्स, ओमन लगायतका मुलुकहरुमा नेपालीका प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् । विभागका अनुसार साउन महिनामा साउदी अरेबिया ५ हजार ९०० जना, कतार ४ हजार ४११ जना, मलेसिया ३ हजार ११० जना र कुवेत २ हजार ६२७ जना गएका छन् ।
त्यस्तै, जापान २ हजार ५९ जना, क्रोसिया १ हजार २८३ जना, रोमनिया ८४६ जना, साएपर्स ७५५ जना, माल्दिभ्स ६०७ जना र ५१३ जना ओमन गएका छन् ।










प्रतिक्रिया