गोलबजारमा खानेपानी आयोजना पूरा हुने चरणमा


सिरहा । गोलबजार नगरपालिका–३  चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ ।

‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको निर्माणाधीन ट्याङ्कीको  ६० प्रतिशत काम सम्पन्न भएसँगै जमदहका बासिन्दाको खानेपानी समस्या समाधान हुने चरणमा पुगेको हो ।

७१ लाख रुपैयाँको लागतमा निर्माणाधीन आयोजनामा स्थानीयको श्रमदान र नगरपालिकाले सहयोग गरेको छ । हालसम्म

पाइप बिछ्याउने र धारा जडान भइसकेको छभने अन्य संरचना पनि धमाधम निर्माण भइरहेका छन् । हाल अस्थायी संरचना प्रयोग गरी ५१ घरमा स्वच्छ खानेपानी आपूर्ति भइसकेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।