जेन–जीको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो


काठमाडौँ । जेन–जीको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ।

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। श्रेष्ठको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।