पोखरामा आगजनी गरिएको एउटा सब भेटियो


काठमाडौँ । पोखरामा मंगलबार प्रदर्शनकारी ले आगजनी गरेको घरमा एउटा महिलाको शव फेला परेको छ । नेपाल अटोमोबाइल एसोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको पोखरा नयाँबजारस्थित निवासमा महिलाको शव फेला परेको हो ।

मंगलबार गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, उनको व्यापारिक प्रतिष्ठान, साथै उनका भाइ ध्रुव थापाको गाडी सोरुम र निवासमा आन्दोलनकारीहरूले आगजनी गरेको थिए। आगजनीका कारण ठूलो धनमालको क्षति भएको थियो।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १३ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।