विभाग जले पनि श्रम स्वीकृतिको काम नरोकिने


काठमाडौँ । जेनजीले भ्रष्टाचारको विषेश मुद्दा अघि सारेर गरेको प्रदर्शनमा देशभरका दर्जनौँ कार्यालय क्षेतविक्षेत बने ।

प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, अदालत तथा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए । सोही क्रममा वैदेशिक रोजगार विभाग जलाएका छन् ।

आगजनीबाट विभागको प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा जलेको भएको छ । विभागमा आगलागी भएतापनि श्रम स्वकिृतिको काम भने नरोकिने भएको छ ।

अहिले वैदेशिक रोजगार सम्बन्धी विषयमा सामान्य तरिकाले काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार कार्यालयमै गएर काम गर्न असम्भव रहेकोले घरबाटै काम भइरहेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।