काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द भएको चन्द्रागिरी केबुलकार कात्तिक २२ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
आन्दोलनका क्रममा गत भदौ २३ गते आगजनी र तोडफोड भएपछि चन्द्रागिरी केबुलकार अस्थायी रुपमा बन्द भएको थियो ।
जेनजी आन्दोलन बेला आगजनी र तोडफोड भएको केबुलकार पुनर्निमाण गरेर २ महिनापछि पुनः सञ्चालनमा ल्याउन लागिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।










प्रतिक्रिया