मंगलबार काठमाडौँको न्यूनतम तापक्रम कति ?


काठमाडौँ । काठमाडौँमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ०७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।