सोमबार घट्यो सुन चाँदीको भाउ


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमाबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको भाउ २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भइहरेको छ । शुक्रबार प्रतितोला ४ हजार ७२० रुपैयाँ कायम भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४९६।२४ अमेरिकी डलर र चाँदी ७०।०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।