सामुहिक लगानी कोष योजना सनराइज ब्लूचिप फण्डले आगामी चैत १ गतदेखि फण्डको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक सनराइज बैंकलाई एक करोड ५० लाख इकाई वा बिक्री भएको इकाईको १५ प्रतिशत सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । 
फण्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत १६ गतेसम्म इकाई बिक्री खुला रहनेछ ।
इकाई खरीदका लागि धितोपत्र बोर्डबाट सि आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयरको वेवसा्रइट तथा मोबाइल एप मार्फत अनलाईबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । दश वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजनामा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्ता इकाईका लागि आवेदन गर्न सकिनेछ ।
सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक रहेको छ तथा योजना व्यवस्थापक सनराइज क्यापिटल हो । यो एक बन्दमूखि योजना हो ।
यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने अर्थात इक्विटि ओरिएण्डेड योजना हो । यस योजनामा कोष प्रबद्र्धक सनराइज बैंकले बिक्री गर्ने कुल इकाई रकमको कम्तिमा १५ प्रतिशत अर्थात पन्ध्र करोड रकम बीज पूँजीको रुपमा लगानी गर्नेछ ।

सनराइज ब्लूचिप फण्ड अन्तर्गत लगानी हुने ब्लुचिप कम्पनी भन्नाले कस्ता कम्पनीहरुलाई जनाउँदछ ?
सामान्यतया ब्लूचिप कम्पनीहरु भन्नाले नियमित रुपमा उच्च प्रतिफल प्रदान गनृ सक्ने, उच्च बजार पूँजीकरण भएका, वित्तिय अवस्था सवल भएको तथा दिर्घकालमा बजार भन्दा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरु हुन । यस योजनामा संकलित रकम माथि उल्लेखित विशेषता भएका कम्पनीहरुमा लगानी गरिन्छ ।
सनराईज ब्लुचिप फण्ड कस्तो योजना हो ?
योजनाको संक्षिप्त जानकारी माथि नै प्रस्तुत गरिएको छ । विशेषतः यो एउटा सामुहिक लगानी कोष हो, जसले लगानीकर्ताहरुबाट संकलित रकमलाई ब्लूचिप कम्पनी तथा उदयमान ब्लूचिप कम्पनीहरुमा लगानी गर्छ ।
यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उतार चढावले असर नगर्ने तथा तुलनात्मक रुपमा सुरक्षित हुन्छ ।

योजनाको उद्येश्य
यस योजनाको प्रमुख उद्देश्य भनेको उच्चतम प्रतिफल दिने ब्लुचिप कम्पनकिा शेयर तथा अधिकता प्रतिफल प्राप्त हुने अन्य धितोपत्रहरुमा लगानी गरि लामो समयसम्म इकाईधनिहरु लाई नियमित प्रतिफल दिई इकाईको खुद सम्पत्तिमा उच्च वृद्धि कायम राख्नु हो । यो योजना व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताहरुको निम्ती उपयुक्त छ । यस योजनाले दिर्घकालको लागि लगानी गर्न र उच्च प्रतिफलको अपेक्षा राख्ने लगानीकर्ताहरुको निम्ती उपयुक्त फण्ड हो ।
सनराइज म्युचुअल फण्ड ले यस योजनाको सुपरिवेक्षणको निम्ती विविध फरक फरक विधामा अनुभव प्राप्त पाँच जना वरिष्ठ तथा प्रख्यात व्यक्तिहरुलाई कोष सुपरिवेक्षकका रुपमा नियुक्त गरेको छ ।
कृष्ण बहादूर मानन्धरः पुर्व डेप्युटी गभर्नर, नेपाल राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकमा अधिकृत विशिष्ट श्रेणीमा ३६ वर्षभन्दा बढीको अनुभव । हाल विभिन्न शैक्षिक संस्थाहरुमा प्रध्यापकको रूपमा कार्यरत ।
चण्डी प्रसाद श्रेष्ठः पूर्व गृह सचिव, नेपाल सरकार । नेपाल सरकारको विभिन्न विशिष्ट तहहरुमा २८ वर्षभन्दा बढीको अनुभव । हाल धुलिखेल क्याम्पसमा संचालक सदस्यको रुपमा कार्यरत ।
पूर्ण मान शाक्यः वरिष्ट अधिवक्ता । न्याय प्रशासन, कानुन तथा न्यायपालिका क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव । हाल त्रिभुवन विश्व विद्यालय तथा नेपाल ल क्याम्पसमा प्रध्यापक तथा सर्वोच्च अदालतको बार एसोसिएसनको चेयरमेन र कानुन व्यवसायिको रुपमा कार्यरत
बुद्धि प्रसाद आचार्यः पुर्व प्रबन्ध निर्देशक, नेपाल टेलिकम । नेपाल टेलिकममा विभिन्न पदहरुमा तथा लेखापरिक्षक भई १९ वर्षभन्दा बढीको कार्य अनुभव । हाल वि.पि. आचार्य एण्ड कम्पनी, चार्टड एकाउण्टेण्टस् मा प्रोप्राइटरको रूपमा कार्यरत ।
सुधिर कुमार शर्माः चार्टड एकाउन्टेण्ट । बैंक तथा वित्तिय संस्था र चार्टड एकाउन्टेण्ट पेशामा २० वर्ष भन्दा बढीको अनुभव । हाल एस. एण्ड एस. एसोसिएट्समा चार्टड एकाउन्टेण्टको रूपमा कार्यरत ।
सनराइज ब्लुचिप फण्डले कम्पनीको छनौट गर्दा कस्ता रणनीतिहरु अबलम्बन गर्दछ ?
सनराइज क्यापिटलले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनिहरुको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरि विभिन्न कम्पनीहरुको दैनिक रुपमा वर्गिकरण गर्दछ । यसरि वर्गिकरण गरे पश्चात विभिन्न कम्पनीहरुलाई सन्राइज क्यापिटलले तयार गरेको स्टक ग्रेडिङ्ग पोलिसिको आधारमा ब्लूचिप तथा उदयमान ब्लूचिप कम्पनीमा छुट्याइन्छ र उक्त कम्पनीका शेयरहरुमा लगानी केन्द्रित रहन्छ ।
साथै यस योजनाले सन्राइज नेपाल स्टक एक्चेञ्जद्धारा “क” वर्गमा वर्गिकरण गरिने कम्पनीका शेयरहरुमा आफ्नो लगानी केन्द्रित गर्दछ । योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरि कम्पनीको वित्तिय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ ।
हाल बजारमा १८ भन्दा बढी सामुहिक लगानी कोष योजना हुंदा सनराइज ब्लुचिपमा नै किन लगानी गर्ने ?
बजारमा थुप्रै सामुहिक लगानी कोषहरु सञ्चालनमा छन् र ति योजनाको प्रकृति तथा उद्देश्य पनि फरक फरक छन् । हामीले सञ्चालनमा ल्याउन लागेको सन्राइज ब्लूचिप फण्डको पनि आफ्नो छुट्टै उद्देश्य छ । विश्वव्यापि रुपमा हेर्दा पनि ब्लूचिप फण्डहरु प्रतिफल तथा ख्यातिको हिसाबले उपयुक्त मानिन्छ ।
नेपालमा पनि म्युचुअल फण्डको इतिहासमा पहिलो पटक यस प्रकृतिको योजना आउदै गरेको हुँदा हामी सम्पूर्ण लगानीकर्तालाई यस योजनामा सहभागि हुन अनुरोध गर्दछौं । साथै यस योजनाका निम्नलिखित पक्षहरुले लगानीकर्ताहरुलाईसनराईज ब्लुचिप फण्डमा लगानी गर्न प्रेरित गर्दछ।
यस फण्डले औषतमा वार्षिक २२.३८ प्रतिशत प्रतिफल दिने उद्येश्य लिएको छ ।

सनराइज ब्लुचिप फण्डले उच्च बजार पुँजीकरण भएका कम्पनीहरुमा लगानी गर्दछ र यस्ता कम्पनिहरु तुलनात्मक रुपमा अन्य कम्पनी भन्दा वित्तिय रुपमा सवल, संस्थागत सुशासनमा अब्बल तथा बजारको सामान्य उतार चढावले असर नगर्ने किसिमका हुन्छन । साथै यस्ता कम्पनीका शेयरहरुको बजारमा नियमित कारोवार हुने तथा खरिद बिक्री समेत सहज रुपमा गर्न सकिने हुन्छ । साथै, लामो समयसम्म नियमित तथा अधिकतम प्रतिफल दिने खालका हुन्छन् ।
सनराइज ब्लुचिप फण्ड धितोपत्रहरुको छनोटको निम्ती कोष व्यवस्थापन टोलि तथा अनुसन्धान टोलीको व्यवस्था रहेको हुंदा धितोपत्रहरुको होल्डिङ्ग पिरियड तथा अनुमानित प्रतिफल र मूल्यांकन नियमित अनुसन्धान तथा विश्लेषण गरि सोहि अनुरुप कार्यान्वयन समेत गरिने भएकोले बजारमा केहि अंक घटबढ हुंदा समेत लगानीकर्ताको लगानीमा केहि असर नपर्ने र लामो अवधी सम्म प्रतिफलको स्रोत बन्न सक्छ ।
कुनै लगानीकर्ताले एउटा निश्चित उदेश्यले निश्चित समयका लागि केहि रकम बचत गर्न चाहन्छ, सो वचत छोरा छोरीको पढाई, तीनीहरुको उज्वल भविश्य वा सोहि प्रकारका भविश्यमा बनाईने योजनाहरुको सफल कार्यान्वयनका लागि वा अन्य कुनै कारण हुन सक्छ ।
साथै, अवकाश पश्चातको सुखमय समयको कल्पनामा समेत सम्पत्ती वचत गर्ने गरिन्छ । यस्तो अवस्थामा सन्राइज ब्लुचिप फण्डमा गरिने लगानी एक उपयुक्त स्रोत हुन सक्छ, जसले लगानीकर्ताहरुलाई नियमित प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
सनराइज म्युचुयल फण्ड अन्तर्गतको सनराइज फस्र्ट म्युचुयल फण्डको प्रगती विवरण कस्तो छ?
सनराइज म्युचुअल फण्ड अन्तर्गत हाल संचालनमा रहेको सन्राइज फस्र्ट म्युचुयल फण्डले सञ्चालनको पहिलो नौ महिनाको अवधीमा आफ्ना लगानीकर्ताहरुलाई ७ प्रतिशत लाभांश वितरण गरेको छ । गत हप्ता सम्मको यस फण्डको खुद सम्पत्ती मुल्य रु.१७.५४ रहेको छ र माघ मसान्त सम्मको खुद सम्पत्ती मुल्य० अनुसार औषत वार्षिक प्रतिफ ४६ प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।












प्रतिक्रिया