पुल पुनर्निर्माणमा छिमेकी मुलुकको साथ, तीन बेलिब्रिज नेपाल आइपुग्यो !


काठमाडौँ । भोटेकोसी बाढीले झण्डै ३ दर्जन पुल पूर्ण क्षति भएपछि छिमेकी मुलुकहरुले बेलीब्रिज सहयोग गरेको छ । हालसम्म नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज प्राप्त भएको हो ।

“हामीलाई जे सामाग्री अपुग छ त्यो सम्बन्धित मुलुकसँग समन्वय गरिरहेका छौँ । बाढीले ५७ वटा पुलमा क्षति गरेको । यसको लागि मित्रराष्ट्र भारत र चीनसँग बेलिब्रिजको लागि अनुरोध गरेका छौँ,” उनले भने ।

भारतले २२ वटा बेलिब्रिज उपलब्ध गराउने आश्वासन दिएको छ । जसमा ६ वटा बेलिब्रिज र १६ वटा सिंगल लेन ७० मिटरको ब्रिजहरू छन् । भारतबाट स्टिल ब्रिजहरू आउने क्रममा रहेको उनले बताए ।

उनका अनुसार, चीनसँग ३० वटा बेलिब्रिज अनुरोध गरेकोमा १०० मिटर लम्बाईका दुई वटा पुलहरू नेपाललाई हस्तान्तरण भइसकेको छ । बाँकी आउने क्रममा रहेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।