महुली लघुवित्तले एफपीओ जारी गर्ने प्रस्ताव राखेर बोलायो साधारण सभा

0
Shares

महुली लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेर बार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको फागुन २९ गते बसेको संचालक समितिको बैठकले चैत्र २५ गते सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको लाभांशका साथै प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

शेयर बजारमा सूचीकृत नरहेको नव किरण लघुवित्तलाई गाभेको महुलीले शेयर स्वाप मिलाउनका लागि एपपीओ गर्ने भएको हो । नवकिरण लघुवित्त र महुली लघुवित्त १००ः९५ शेयरको अनुपातमा एक आपसमा गाभिएका थिए।

महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट गत मंसीर ८ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ ।

त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली आवश्य संशोधन गर्ने, गाभ्ने वा गाभिने सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने साथै संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन समेत गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।