खाना पकाउने ग्यासको मूल्यवृद्धि


काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेकाे छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

निगमका अनुसार, अब खाना पकाउने ग्यासको मूल्य आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ । पुरा सिलिन्डरको मूल्य भने २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार  ०६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।