महिलाको आर्थिक सशक्तिकरणका लागि पूँजी बजार पनि एक माध्यम: अध्यक्ष ढुङगाना

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले महिलाको आर्थिक सशक्तिकरण र सामाजिक रूपान्तरणका लागि पूँजी बजारलाई पनि एक माध्यमको रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार यूएन वोमेनको सहकार्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आयोजना गरेको रिङग द बेल फर जेण्डर इक्यूलीटी कार्यक्रममा बोल्दै ढुंगानाले पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले पनि यो महत्वपूर्ण क्षेत्र भएको बताएका हुन् । उनले विभिन्न क्षेत्रहरूमा महिलाको उपस्थिति सुरक्षित एवं प्रोत्साहित गर्न नेपाल सरकारले संविधान लगायत विभिन्न ऐन कानूनहरूमा व्यवस्था गरेको समेत बताए ।

नेपालको पूँजीबजारमा पनि पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको उनको भनाई छ । कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत खाता महिलाको रहेको जानकारी उनले दिए ।

कार्यक्रममा नेप्सेका प्रमस्ख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आर्थिक रुपमा सक्षम महिला नै अरु सामाजिक, राजनीतिक तथा सांस्कृतिक रुपले सशक्त हुने बताए । महिलालाई आर्थिक रुपमा सक्षम बनाउने धेरै पेशागत तथा व्यवसायिक क्षेत्र मध्यै पुँजीबजार पनि एक रहेको उनको भनाइ छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।