अभिकर्ताले लाइसेन्स सम्बन्धी जानकारी अब SMS बाटै पाउने

0
Shares

बीमा अभिकर्ताले लाइसेन्स सम्बन्धी सम्पूर्ण जानकारी सर्ट म्यासेज सर्भिसेज (एसएमएस) को माध्यमबाट पाउने भएका छन् ।

समितिले अभिकर्ताको लाइसेन्स तयार भएको र लाइसेन्स नवीकरण गर्नुपर्ने समय सम्बन्धी सम्पूर्ण जानकारी एसएमएसको माध्यमबाट दिने भएको हो ।

समितिले बैशाखदेखि एसएमएसको माध्यमबाट अभिकर्ताहरुको लाइसेन्स तयार भएको वा लाइसेन्स नविकरण गर्नुपर्ने समय सम्बन्धी जानकारी दिईने जनाएको छ । एसएमएसको माध्यमबाट सबै अभिकर्ताहरुले वर्षमा दुई पटक आफ्नो लाइसेन्स सम्बन्धी जानकारी पाउनेछन् ।

उक्त एसएमएसको माध्यमबाट समितिले अभिकर्ताको इजाजतपत्रको अवधि सकिनु १५ दिन अघि नै सम्बन्धित अभिकर्तालाई जानकारी दिनेछ । समितिले नेपाल टेलिकमलाई एसएमएस पाटर्नर बनाएर सेवा शुरु गर्न लागेको हो ।

समितिले अभिकर्ताको लाइसेन्स निमार्ण कार्य कम्प्युटरको माध्यमबाट गर्ने गरी सफ्ट्वेयर निमार्ण गर्दैछ । सोही सफ्टवेयरसँग आवद्ध रहेर समितिले अभिकर्ताको लाइसेन्स सम्बन्धी सम्पूर्ण जानकारी एसएमएसको माध्यमबाट दिने भएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।