नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन शेयर बजारले कीर्तिमानी उचाई कायम गरेको छ । बिहीबार २० अंकले बढेको नेप्से २७३५ बिन्दुमा पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। 
गत मंगलबार २७१४.७९ विन्दुमा बन्द भएको नेप्से बिहीबार २०.६१ अंक बढेर २७३५.४० विन्दुमा पुगेकोे हो। बजार संचालन भइरहदा नेप्से ३८ अंकसम्म बढेको थियो । नेप्से सूचकमा आएको सुधारले कारोबार रकममा समेत बढोत्तरी आएको छ। यसदिन २१८ कम्पनीको ९५ हजार ७३७ कारोबार बाट एक करोड ९० लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएका छन ।
हाइड्रोपावर र व्यापार समूह बाहेकका सबै समूहका सूचक बढेको बजारमा सबैभन्दा धेरै विकास बैंक समूहको सूचक ३.१२ प्रतिशतले बढेको छ। व्यापार समूह भने सबैभन्दा धेरै २.५३ प्रतिशतले घटेको छ । १३ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।
बिहीबार आठ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बेष्ट फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्दा एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
Top Gainers
| Symbol | LTP | % Change |
| BFC | 187.00 | 10.00 |
| NICLBSL | 1,868.00 | 9.95 |
| JLI | 565.00 | 9.92 |
| MLBSL | 1,208.00 | 9.92 |
| GRDBL | 204.00 | 9.68 |
| CHL | 295.00 | 9.67 |
| KRBL | 216.00 | 9.64 |
| SAPDBL | 206.00 | 9.57 |
| SINDU | 268.00 | 8.94 |
| PROFL | 193.00 | 8.43 |
| SFCL | 247.00 | 7.86 |
| RHPC | 227.00 | 7.08 |
सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने नेशनल माइक्रोफाइनान्स रहेको छ । मल्टि प्रपोज फाइनान्स, मितेरी डेभलोपमेन्ट बैंक, साल्ट ट्रेडिङ, स्वाभिमान लघुवित्त र मिथिला लघुवित्तको रहेका छन् । यी कम्पनीको शेयर मूल्य तीन प्रतिशतसम्म घटेको छ ।
यसदिन एनआइसी एशिया लघुवित्त, निफ्रा, एनआइसी एशिया बैंक, नबिल बैंक र नेपाल बंगलादेश बैंकको उच्च कारोबार भएको छ । एनआईसी एशिया लघुवित्तको करिब ५० करोड बराबरको कारोबार भयो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया