पूँजी बजार हामी सबैको हो, यसलाई अपांगमैत्री बनाउन थप पहल गरिनेछ : बोर्ड अध्यक्ष ढुंगाना

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले अपांगता भएका व्यक्तिहरूको बजार प्रवेशमा भएका प्रक्रियागत कठिनाईहरूको सम्बोधन गर्न र बजारमा प्रयोगमा रहेका प्रविधिहरू अपांगमैत्री बनाउदै लैजान आवश्यक भएको बताएका छन् ।

समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रममा ढुंगानाले पूँजी बजार सबैको बजार भएको धारणा राखे।

कार्यक्रममा उनले कुल जनसंख्याको करिब १० प्रतिशत सर्वसाधारण पूँजी बजारमा सहभागी रहेको सन्दर्भमा अपांगता भएका सर्वसाधारणको समेत सहभागी भएकोमा खुशी समेत व्यक्त गरे। उनले पूँजी बजारमार्फत् देशको आर्थिक विकासका लागि अपांगता भएका सर्वसाधारणको पूँजी बजारप्रतिको चासो तथा सहभागिता आगामी दिनमा थप उत्साहमूलक बन्न सकोस भन्ने शुभकामना दिए।

उनले नेपाल सरकारले समेत विकासका सबै मामिला र आर्थिक गतिविधिहरूमा सबै पक्षको समान सहभागिता र अवसरको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्दै आएकोमा पूँजी बजारमा समेत यस्तो सहभागिता रहेकोमा सरकारको समेत चासो एवं प्राथमिकता रहेको बताए ।

उनले हल्लाको पछि नलागिकन सत्य तथ्य सूचनाको आधारमा सुझबुझपूर्ण लगानी गर्नुपर्ने धारणा राख्दै सहभागीलाई पूँजी बजारमा उत्साहपूर्वक सहभागिताको लागि शुभकामना प्रदान गरे । कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लि।, सिडिएस एण्ड क्लियरिङ्ग, स्टक ब्रोकर एशोसिएसन, नेपाल राष्ट्र बैंक लगायतका संस्थाहरूका समेत प्रतिनिधिहरू रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।