सिभिल बैंकका प्रमुख कार्यकारी गोविन्द गुरुङको राजीनामा स्वीकृत, सुनिल पोखरेल कामु सीईओ नियुक्त

0
Shares

सिभिल बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङले दिएको राजीनामा स्वीकृत गरेको छ । साथै बैंकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब कार्यकारी प्रमुख सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

बैंकको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले यहि वैशाख १८ गतेदेखि लागू हुने गरी गुरुङको राजीनामा स्वीकृत गरेको हो भने सोही दिनदेखि लागू हुनेगरी पोखरेललाई कामु सीईओ नियुक्त गरेको जनाएको छ ।

किशोर महर्जनको पदावधि सकिएपछि गुरुङ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । गुरुङ बैंकिङ क्षेत्रमा दुई दशकदेखि क्रियाशिल छन्। उनी हिमालयन बैंक,ग्लोबल बैंक,मेगा बैंक हुँदै सिभिलमा आवद्ध भएका थिए।

म्यानमारको एशियाग्रीन डेभलपमेण्ट बैंकमा रिटेल बैंकिगं प्रमुखको रुपमा काम गरिसकेका पोखरेलले सिभिल बैंकमा कामु सिइओको जिम्मेबारीमा आउन लागेका हुन ।

बिराटनरका स्थायी पोखरेलले नेपाल तथा म्यानमारका बैंकमा गरी २९ वर्षको अनुभव हासिल गरिसकेका छन् । यस क्रममा सन् १९९१ मस्टाण्डर्ड चार्टर्ड बैंकमासिनियर एसिस्टेण्टका रुपमासेवा सुरु गरेका उनले १९ वर्ष सोही बैंकमा बिताएका थिए । चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

त्यसपछि एनआईसि एशिया बैंकमा रिटेल बैंकिगं हेडसँगै चिफम्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए । नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथारिटेल बैंकिगं प्रमुखको रुपमा पोखरेलले एक वर्ष सम्म काम गरिसकेका छन् । सो पश्चात उनले म्यानमारको एशियाग्रीन डेभलपमेण्ट बैंकमाविगत अढाई वर्ष रिटेल बैंकिगं हेडका रुपमा काम गरे ।

शेयर बजारमा विशेष रुची राख्ने पोखरेलले काठमाण्डू युनिभर्सिटी तथाम्यानमारको जेनेभाविजनेश स्कूलमा भिजिटिगं फ्याकल्टीका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।