इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालकमा श्रेष्ठ र खत्री

0
Shares

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) को सञ्चालक समितिमा निर्मल काजी श्रेष्ठ र प्रकाश विक्रम खत्री चयन भएका छन् ।

इन्स्टिच्युटको दोस्रो वार्षिक साधारण सभाले मेट लाइफ एलिकोका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीलाई सञ्चालक चयन गरेको हो ।

इन्स्टिच्युटको अध्यक्षमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल छन् भने शिखर इन्स्योरेन्सका सीईओ दिप प्रकाश पाण्डे र नेपाल इन्स्योरेन्सका सीईओ विजय बहादुर शाह सञ्चालकमा रहेका छन् ।

बीमा सम्बन्धी तालिम सञ्चालनका लागि २०७५ साउन ६ गते एक करोड रुपैयाँ चुक्ता पूँजीमा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको स्थापना गरिएको थियो । आईआईएनमा बीमा समितिको २२ लाख तथा निर्जीवन, जीवन र पुनर्बीमा कम्पनीले २/२ लाख रुपैयाँ लगानी गरेका छन् ।

इन्स्टिच्युटले कुनै पनि बीमा कम्पनीले आफ्ना कर्मचारीका लागि विशेष तालिमका माग गर्दा सोही अनुसारको तालिम दिने गरेको छ । इन्स्टिच्युटले तालिम दिएका कर्मचारीहरुको कार्य क्षमता समेत सुधारिन थालेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।