मुक्तिनाथ विकास बैंक ९ महिनामा नै अर्बपति क्लबमा

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आवको ९ महिनामा नै १ अर्ब बढी नाफा आर्जन गर्दै अर्बपति क्लबमा उक्लिएको छ ।

विकास बैंकमध्ये कै अब्बल बैंकको रुपमा स्थापित यस बैंकले कतिपय वाणिज्य बैंकहरुलाई समेत टक्कर दिन हिसाबले अगाडि बढेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्ममा गत आवको यसै अवधिको तुलनामा ४८.७५ प्रतिशतले खुद नाफा बढाउँदै १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

चैतसम्म बैंकले ६८ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ९० करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ४२ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत र सञ्चालन आम्दानी ४७.३० प्रतिशतले बढाएको छ । पूँजीकोष अनुपातमा केही दबाबमा रहेको बैंकको कोषको लागत, आधार ब्याजदरमा सुधार आउँदा प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ तथा खराब कर्जा भने बढेको छ ।

बैंकको वितरण योग्य नाफा ८२ करोड ८७ लाख रुपैयाँ छ । गत आवको यसै अवधिको तुलनामा ३२ करोड ३७ लाख रुपैयाँ बढेको हो ।
चूक्ता पूँजी रहेको ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २७.८७ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिको तुलनामा बैंकको इपिएस ७.०३ रुपैयाँ बढेको हो।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशत, कोषको लागत ६.०९ प्रतिशत, पूँजीकोष अनुपात ११.१४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३८.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.४७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।