गरिमा विकास बैंकको नाफामा आकर्षक बढोत्तरी, १८ करोड बढ्यो

0
Shares

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको ९ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड १८ लाख ५९ हजार रुपैयाँ खुद नाफा बढाएको छ ।

गत चैतमा ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको यसै अवधिमा ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ४९ करोड २ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.६० रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ९२ करोड २ लाख रुपैयाँ र शेयरधनी कोषमा ५० करोड ३ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्ममा बैंकले ५९ अर्ब २० करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ९६ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशत र सञ्चालन नाफा ३६.९७ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको पूँजीकोष ११.६३ प्रतिशत, खराब कर्जा अनुपात ०.५८ प्रतिशत, कोषको लागत ६.१४ प्रतिशत, आधार ब्याजदर ८.१६ प्रतिशत, स्पेडदर ४.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात ८०.२८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३८.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.१५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।