शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस वितरण

0
Shares

शाइन रेसुंगा डेभलपमेन्ट बैंक (SHINE) ले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । 

बैंकले गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएका सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

उक्त मितिपछि शेयर डिम्याट गर्ने शेयरधनीहरुको बोनस शेयर पनि क्रमश डिम्याट खातामा नै जम्मा गरिने बैंकको शेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकको गत पुस २९ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न आग्रह गरेको छ ।

यस्तै बैंकले २०७६ असार २७ गते पछि शेयर खरीद गरी कायम भएका शेयरधनीले भने बोनस शेयर पाउन बोनसमा लाग्ने कर तिर्नुपर्ने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०३६०१०४०२६५५७७ मा कर वापतको रकम बुझाउन सकिने बैंकले जनाएको छ ।

यसका अलवा बैंकको शेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखामा गएर पनि कर तिर्न सकिनेछ ।

बोनसमा लाग्ने कर तिनुपर्ने लगानीकर्ताको हकमा कर रकम जम्मा गरेपछि मात्र बोनस शेयर जम्मा हुने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।