गोदरेज अप्लायन्सको नयाँ उत्पादन भाइरोशिल्ड नेपाली बजारमा

0
Shares

गोदरेज अप्लायन्सले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन भिरोसिल्डको बिक्री वितरण सुरु गरेको छ ।

सर्वाधिक रुचाइएको घरायसी ब्रान्ड मध्ये एक भाइरोशिल्ड नेपालकै नेपाली बजारमा पनि बिक्री वितरण शुरू गरिएको कम्पनीले जानकारी दिएको हो । गोदरेज अप्लायन्सका नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजेनेटर, डबल डोर रेफ्रिजेनेटर, बासिंग मेसिन, माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन् ।

अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भाइरोशिल्ड उत्पादन गरेको दाबी गरेको छ । भाइरोशिल्डले २ देखि ६ मिनेटमा कोभिडलाई निसंक्रमण गर्ने क्षमता राख्ने दाबी कम्पनीको छ ।

भाइरोशिल्डामा विभिन्न वस्तुहरु खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहा साना), मोबाइल, ट्याब्लेट, वालेट पर्स, सुनका गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी कागजात लाई निसंक्रमण गर्ने कम्पनीको दाबी छ ।

उक्त भाइरोशिलट ३० लिटर क्षमतामा नेपाली बजारमा पाइने समेत कम्पनीले जनाएको छ । यसलाइ इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले पनि प्रमाणित गरेको छ ।

गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गु्रप अन्तर्गतको सीजी इओएल हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।