कमजोर मानिएको सिभिल निक्षेप र कर्जा विस्तारमा आक्रमक, नाफा आकर्षक बढ्यो

0
Shares

वित्तीय सूचांकमा अन्य वाणिज्य बैंकभन्दा कमजोर रहँदै आएको सिभिल बैंक (CBL) ले चालु आवको तेसे त्रैमासमा आफ्नो अधिकांश सूचकहरुमा उत्कृष्ट बढोत्तरी गरेको छ ।

बैंकले बिहीबार सार्वजकिन गरेको वित्तीय विवरण अनुसार ९ महिना अवधिमा बैंकले ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३९.३९ प्रतिशत धेरै हो ।

सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार ३० करोड ७७ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा बैंकको यस्तो नाफा ११ करोड ६ लाख मात्र थियो ।

समीक्षा अवधिमा बैंकको अन्य सूचकहरुमा समेत बढोत्तरी भएको छ । बैंकको खुद ब्याज आम्दानी ९.८७ प्रतिशतले घटेपनि शुल्क कशिमन आय ४२ प्रतिशत र सञ्चालन नाफा २६ प्रतिशत धेरैले बढेको छ । निक्षेप संकलन र कर्जा विस्तारमा करिब ५० प्रतिशतले बढोत्तरी गरेको बैंकले ८ प्रतिशत बोनसबाट पूँजी वृद्धि गरेपनि प्रतिशेयर आम्दानीमा समेत समान्य बढोत्तरी गरेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात, आधार ब्याजदर र कोषको लागत घटेको छ । चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ७.७५ रुपैयाँ छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२३.३० रुपैयाँ, पूँजी कोष अनुपात ११.४३ प्रतिशत, कोषको लागत ६.६१ प्रतिशत, आधार ब्याजदर ७.८२ प्रतिशत, र मूल्य आम्दानी अनुपात ३०.७० गुणा छ ।

यस अवधिमा बैंकको बैंकको जगेडा कोष ३.३४ प्रतिशत बढेर १ अर्ब ४९ करोड १८ लाख पुग्दा शेयरधनी कोष २६.८० प्रतिशत घटेर ५ करोड २९ लाख रुपैयाँमा संकुचित बनेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।